Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

३५ अंकले नेप्से बढ्दा १७ अर्ब २६ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन मंगलबार २० अंकले करेक्सन आएको बजारमा आज ३५.५५ अंकले बढेर परिसूचक २६९६.६५ विन्दुमा पुगेको हो।

नेप्से बढे पनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ।

यसदिन ३२९ स्क्रिप्सको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५४२ रुपैयाँमा खरिदबिक्री भए।

सोमबार १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।

आइतबार १५ अर्ब ८१ करोडको सेयर कारोबार भएको थियो। यसदिन कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

सो कम्पनीको ६० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077