Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रघुजी पन्तलाई लक्षित गर्दै स्वर्णिमले भने - मध्यरातमा खुफिया एजेन्सीका प्रमुखसँग वार्ता गर्नु छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले रास्वपामा युवा शक्ति र विदेशमा पढेको, अनुभव हासिल गरेको शक्ति भएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन्।

उनले पञ्चायतकालमा कांग्रेस, कम्युनिस्टलाई अराष्ट्रिय तत्व भनेजस्तै अहिले रास्वपालाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न खोजिएको भन्दै यसप्रति खेद व्यक्त गरे।

रास्वपाले नयाँ कुटनीति र नयाँ राजनीतिको संस्कार बसाउन लागेको उनको भनाइ थियो।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद रघुजी पन्तले वाग्लेले भारतको पक्षधरता लिँदै अभिव्यक्ति दिएको आरोप लगाउँदै आपत्ति जनाएका थिए।

त्यसको जवाफ फर्काउँदै उपसभापति वाग्लेले मध्यरातमा खुफिया एजेन्सीका प्रमुखहरुलाई बोलाएर गोप्य मन्त्रणा गर्नुपर्ने अवस्था नरहेको बताए।

कुनै नदीनालाका सन्धिहरूलाई देखाएर राष्ट्रघातको जगमा पार्टी नै फुटाउने दुःसाहस गर्नु पनि नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077