Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपत्यकाका बागमती नदी, हनुमन्ते, मनोहरा र गोदावरी खोलामा बाढी

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा विभिन्न नदी तथा खोलाहरूमा बाढी आएको छ ।

गएराति देखिको अविरल वर्षाका कारण बागमती नदी, हनुमन्ते खोला, गोदावरी खोला, मनोहरा खोलामा बाढी आएको आएको हो ।

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक निकारबाट यात्रा नगर्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077