Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रीलंकाविरुद्ध भारतको 'क्लिन स्वीप'

काठमाडौं । श्रीलंकासँगको तीन खेलको तेस्रो तथा अन्तिम टी–२० खेलमा भारतले सुपर ओभरमा जितेको छ ।

पाल्लिखेलेमा गएराति भारतले दिएको १३८ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ८ विकेट गुमाएर भेट्टाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

तीन खेलको श्रृङ्खला यसअघि नै भारतले २–० ले जितिसकेको थियो । अन्तिम खेल पनि जितेर भारतले श्रृङ्खलामा क्लिन स्वीप गरेको छ ।

पहिलो खेलमा ४३ रनले पराजित घरेलुु टोली दोस्रो खेलमा डकवर्थ लुइस नियमका आधारमा सात विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077