Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एयर होस्टेजमाथि दुर्व्यहार गरेको आरोपमा युवक पक्राउ

कैलाली । धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको विमान उडानका क्रममा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१ का शिवराज ओझा रहेका छन् ।

उनले मंगलबार साँझ ४ बजेको काठमाडौं-धनगढी उडान नम्बर २२५ मा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा छ ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

काठमाडौंबाट ढिलो गरि उडेको श्रीएयरको विमान साँझ ५ बजेर ५० मिनेटमा धनगढी विमानस्थलमा अवतरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077