Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हिजबुल्लाहका वरिष्ठ कमाण्डर मारिएको इजरायलको दाबी

एजेन्सी । इजरायली आक्रमणमा परी हिजबुल्लाहका एक शीर्ष कमाण्डरको मृत्यु भएको छ ।

लेबनानी सशस्त्र समूहको गढ रहेको दहियाहमा भएको आक्रमणमा एक शीर्ष कमान्डर मारिएको र कैयौं घाइते भएका हुन् ।

मारिनेमा फुआद शुक्र रहेको अनुमान गरिए पनि हिजबुल्लाहले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन्।

यता लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले इजरायली आक्रमणको निन्दा गरेका छन् । गत शनिबार इजरायलले कब्जा गरेको गोलान हाइट्समा हिजबुल्लाहले गरेको रकेट आक्रमणमा फुटबल खेलिरहेका १२ जना युवकहरुको मृत्यु भएको थियो।

लगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहले केही दिनमै त्यसको बदला चुकाउनुपर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077