Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रहरी हिरासतमा रहेका एक युवकको उपचारका क्रममा मृत्यु

झापा । झापा प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक जना युवकको मृत्यु भएको हो।

लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका मेचीनगर नगरपालिका-७ पालियाका २८ वर्षीय झकबहादुर खड्का गए राति बिरामी परेका थिए।

स्वास्थ्यमा समस्या देखिएपछि प्रहरीले उनलाई आम्दा अस्पताल धुलाबारीमा लगेको थियो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उपचारका क्रममा खड्काको मृत्यु भएको हो।

खड्कालाई प्रहरीले साउन १३ बिहान पौने १० बजे मेचीनगर नगरपालिका ६ बाट ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077