Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेप्सेमा एकैदिन २१ अर्ब ९१ करोडको सेयर किनबेच

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा ऐतिहासिक कारोबार भएको छ।

सेयर बजारमा बुधबार एकैदिन २१ अर्ब ९१ करोड रूपैयाँको सेयर किनबेच भएको हो।

यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड थियो ।

अघिल्लो चरणको बुलको कारोबार रेकर्ड तीन वर्षमा तोडिएको हो । यसैबीच सेयर बजारको परिसूचक नेप्से ६४.२५ अंक बढेको छ ।

सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७६०.९० अंकमा कायम भएको छ ।

बुधबार १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ वटाको घटेको छ।

यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन १४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077