Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

७३ जिल्लाका दुई हजार ६१ जनामा डेंगी संक्रमण, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर दुई हजार जनाभन्दा बढीमा डेंगी रोगको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा डेंगी संक्रमण देखिएको जानकारी दिए।

मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन भएकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगीको संक्रमण थप बढ्न सक्ने अनुमान छ।

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण फैलिएको जनाइएको छ।

सबभन्दा बढी काठमाडौंमा दुई सय ४९ जनामा डेंगी देखिएको छ। यस्तै झापामा एक सय ३० र चितवनमा एक सय पाँच जनामा संक्रमण देखिएको छ।

काठमाडौं उपत्यकामा मात्रै तीन सय १६ जनामा डेंगीको संक्रमण देखिएको छ। काठमाडौंमा दुई सय ४९, भक्तपुरमा ३८ र ललितपुरमा २९ जनामा देखिएको संक्रमण देखिएको हो।

रोग शाखा प्रमुख डा. दाहालले डेंगी संक्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077