Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

बाघको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर। बाघको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ ।

दोधारा चाँदनी नगरपालिका-२, कमलसा टोलमा बाघको आक्रमणबाट २३ वर्षीय हिरा शाहको मृत्यु भएको हो ।

खेतमा धान गोडिरहेको अवस्थामा बाघले एक्कासी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

स्थानीयले खबर गर्ना साथ प्रहरी टोली खोजतलासका लागि जाँदा नजिकै रहेको उखुबारीमा मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि दोधाराचाँदीनस्थित अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077