Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

५ अंकले नेप्से घट्दा २१ अर्ब ७१ करोडको कारोबार

काठमाडौं । सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन बुधबार ६४.२५ अंकले बढेको नेप्से यसदिन ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा पुगेर बन्द भएको हो ।

नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।

यसदिन ३३२ स्क्रिप्सको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँमा खरिदबिक्री भए।

बुधबार २१ अर्ब ९१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए।

हाइड्रोइलेक्ट्रोसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट, नेपाल हाइड्रो डेभलपमेन्ट,शुभम् पावर,सिटी होटल र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो।

जीवन बीमा समूह सबैभन्दा धेरै ३.६९ प्रतिशत तथा निर्जीवन बीमा १.७४ प्रतिशत बढ्यो । लगानी २.७४, फाइनान्स १.७७, होटल तथा पर्यटन ०.३५ प्रतिशत बढे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077