Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गुरू बराललाई उपाध्यक्षमा मनोनीत गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले गुरू बराललाई उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको छ।

बसेरा होटलमा बिहीबार बसेको सचिवालय बैठकले उपाध्यक्षमा बराललाई मनोनीत गर्ने निर्णय गरेको हो।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको २०८० भदौ २६ गते निधन भएको थियो। त्यसयता उपाध्यक्ष पद रिक्त थियो।

त्यस्तै एमालेले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ ।

बैठकले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य नियुक्त गरेको हो।

केन्द्रीय सदस्यमा सुवास कर्मचार्यलगायत १७ जना थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077