Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभा वुमन्स भलिबल : श्रीलंकाविरुद्ध नेपालको शानदार जित

काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित कबर्ड हलमा सुरू भएको प्रतियोगितामा नेपालले श्रीलंकामाथि ३-० को सोझो सेटमा जित निकालेको हो।

पहिलो सेट २५-१९ ले जितेको नेपालले दोस्रो सेटमा २५-१८ अंकले विजयी भयो।

तेस्रो सेटमा पनि २५-१९ को ले जितेपछि नेपालले खेल ३-० को सोझो सेटमा आफ्नो पक्षमा पार्‍यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077