Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब नेताहरूले पनि भाषणभन्दा काम गरेर देखाउनुपर्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले नेताहरुलाई भाषणमा समय बर्बाद गर्नु भन्दा काम गरेर देखाउन आग्रह गरेका छन् ।

काठमाडौं महानगरपालिका-८ को नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर बालेनले यस्तो बताएका हुन्।

उद्घाटन समारोहमा मेयर शाहले आफू लामो नबोल्ने बताए ।

मेयर बालेनले भने,‘म धेरै बोल्न चाहन्न, म अब निस्किन लागेको । उहाँहरूले बोल्दिनु भनेर केही कुरा राखेँ । बोल्नेभन्दा काम गर्नुपर्छ भन्ने हो । उहाँहरूलाई गाह्रो छ, (दलका नेतातर्फ लक्षित गर्दै) एउटा लामो लिस्ट पनि बोल्नुपर्दो रहेछ ।जिल्ला सभापतिदेखि महाधिवेशन प्रतिनिधिदेखि लिएर सबैको नाम लिँदालिँदा उहाँहरूको समय जाँदोरहेछ । त्यसोभन्दा पनि अब काममै समय दिऊँ ।’

५ मिनेटको समयमा आफ्ना भनाइ सकेका मेयर बालेनले बोल्नेभन्दा काम गरेर देखाउनुपर्ने बताए ।

शाहले राजनीतिक दलका पदाधिकारी र जनप्रतिनिधितर्फ लक्षित गर्दै धेरै बोल्नेभन्दा समयमै काममा ध्यान दिनु राम्रो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077