Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ठूलो संख्यामा सहसचिव र महानिर्देशक सरुवाको तयारी

काठमाडौं । सरकारले ठूलो संख्यामा विभिन्न मन्त्रालय तथा निकायका सहसचिव र महानिर्देशकहरूको सरुवाको तयारी गरेको छ। गत सोमबार मात्रै सरकारले २२ जना सचिवको सरुवा गरी कर्मचारी प्रशासनलाई चलाउन शुरू गरेको हो।

सोहीअनुसार नै सरकारले ठूलो संख्यामा सहसचिव र अधिकांश विभागका महानिर्देशकहरू फेरबदलको तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार विभिन्न मन्त्रालय र निकायका झण्डै ३ दर्जन सहसचिवको सरुवा गृहकार्य गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अनौपचारिक छलफल थालेको बुझिएको छ।

विशेष गरी प्रधानमन्त्री कार्यालयका मातहत रहेका विभिन्न विभागका महानिर्देशक तथा अर्थ मन्त्रालयका मातहत रहेका विभागका महानिर्देशकहरू छिटो परिवर्तन गर्ने गरी गृहकार्य अघि बढाइएको स्रोतले जानकारी दिएको छ। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077