Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गेटा मेडिकल कलेज नजिकै मृत भेटिएकी महिलाको पहिचान खुल्यो

धनगढी । कैलालीको गेटा मेडिकल कलेज नजिकै सडकमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ।

बुधबार मोहना पुल–अत्तरिया ६ लेन सडकखण्डमा मृत भेटिएकी महिला धनगढी उपमहानगरपालिका–११ बरबट्टाकी ३५ वर्षीया कुमारी चौधरी रहेकी छन् ।

मृतकको झोलामा भेटिएको पासपोर्ट साइजको फोटोका आधारमा उनको पहिचान भएको हो ।

ती महिला धनगढीको राजपुरको फ्लोर मिलबाट माइती घर कञ्चनपुर जान सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८५७ नम्बरको अटो रिक्सामा चढेकी थिइन् ।

मापसे गरेका रिक्सा चालक गोदावरी नगरपालिका–५ बस्ने ३६ वर्षीय जितबहादुर दमाईले तीव्र गतिको अटो आँखा अस्पतालतर्फको भित्री सडकमा लैजान खोजेका थिए ।

सोही क्रममा आत्तिएर चौधरीले हाम फालेकी थिइन् । उनलाई सडकमा अलपत्र अवस्थामा फेला पारेपछि प्रहरीले अस्पताल पु¥याएकोमा डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

प्रहरीले अनुसन्धानको क्रममा अटो चालक र अटोमा सवार उनका साला २३ वर्षीय कालु दमाईलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077