Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

दुई विषयमा नन्‌ग्रेडेड आउने विद्यार्थीले मात्रै पुरक परीक्षा दिन पाउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

जसमा एक लाख ८७ हजार २१ जना विद्यार्थीको ननग्रेडिङ (एनजी) आएको छ ।

एनजीमा पर्ने मध्ये दुई विषयसम्म नन्‌ग्रेडेड हुने विद्यार्थीले मात्र पुरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा एनजी प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूले पुरक परीक्षामा सहभागी हुन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

पुरक परीक्षाको विस्तृत जानकारी समय तालिकासम्बन्धी सूचनामा उल्लेख गरिनेछ । नतिजामा एनजी ल्याउने मध्ये एक विषय र दुई विषयमा कति विद्यार्थी छन् भन्ने तथ्यांक बोर्डले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077