Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बागमती प्रदेश प्रमुख देवकोटाले गरे पदभार ग्रहण

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार पदभार ग्रहण गरेका छन्।

गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई हटाएर देवकोटालाई प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार बुधबार संविधानको धारा १६३ को उपधारा (२) बमोजिम उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन्।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा,बागमती प्रदेशका सभामुख भुवन कुमार पाठक,मन्त्रीलगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077