Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केबलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको मौलाकाली केबलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका–१ स्थित मौलाकालिका मन्दिरनजिकै रहेको मौलाकाली केबलकार प्रालिको टप स्टेसनमा रहेको निर्माणाधीन भवनको चौथो तल्लाबाट खसेर मजदुरको मृत्यु भएको हो ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने वर्ष २५ का गोरख राउत कुर्मीको खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077