Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभा महिला भलिबल : आज नेपाल र भारत भिड्दै

काठमाडौं । काभा महिला भलिबल लिगमा आज नेपाल र भारत खेल्दैछन् ।

खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो तीन बजे शुरु हुनेछ ।

नेपालले पहिलो खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो । नेपालको तीन अङ्क छ ।

भारतले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको भारत अङ्क तालिकाको शीर्षस्थानमा छ ।

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077