Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पोखरा विमानस्थललाई पूर्ण क्षमता साथ सञ्चालन गर्न लागिरहेका छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण क्षमता साथ अन्तर्राष्ट्रिय उडान गराउन सरकार लागिरहेको बताएका छन्।

थाइ एयर एसियाले साताको चार दिन भैरहवाथाइल्यान्ड उडान अनुमति पाएको भोलिपल्ट सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ प्रयोगमा ल्याउन लागिरहेको बताए।

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन्,'पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ। हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेस गर्ने जिम्मेवारी तोकेका छौँ। यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ। '

यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने प्रधानमन्त्री ओलीलेको विश्वास छ।

यससम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालनसम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077