Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपेन्द्र यादवको आरोप - समानुपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षड्यन्त्र भयो

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमाले मिलेर समानुपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षड्यन्त्र गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले यस्तो बताएका हुन् ।

उनले समावेशीतालाई अन्त्य गर्नका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको आरोप लगाए ।

नेपालको अहिलेसम्मका आन्दोलनको ठूलो उपलब्धि समावेशीता भएको र राज्यकै तर्फबाट नै अहिले समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077