Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ । टिपरको ठक्करबाट घोराहीमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराती टिपरको ठक्करबाट घोराही-९ मछाहीका ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो ।

घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका-१० दक्षिण अमराइमा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाइते बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077