Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभा महिला भलिबल : आज नेपाल र इरान भिड्दै

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ ।

शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि नेपालले ऐतिहासिक जित निकालेको थियो ।

यसअघि नेपालले श्रीलंकालाई सोझो सेटमा पराजित गरेको थियो । नेपाल आफ्नो अपराजित यात्रा कायमै राख्न चाहान्छ ।

इरान भने घरेलु टोली नेपाललाई स्तब्ध पार्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लने लक्ष्यसहित मैदानप्रवेश गर्नेछ । लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077