Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभा महिला भलिबल : आज माल्दिभ्ससँग भिड्दै नेपाल

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा आज घरेलु टोली नेपाल र माल्दिभ्स भिड्दै छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेल अपराह्न ३ः१५ बजे शुरू हुनेछ ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गर्दै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो ।

आइतबार भएको तेस्रो खेलमा भने इरानसँग नेपाल ३–२ ले पराजित हुन पुग्यो । ६ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077