Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आलोकनगमा एक युवकमाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको आलोकनगरस्थित सौराहा होटल नजिक विवाद हुँदा एक जनामाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार सौराहा होटल नजिकैको सडक खण्डमा कैलाली घर भई हाल काठमाडौंको आलोकनगर बस्ने वर्ष २२ को मनत केसीमाथि खुकुरी प्रहार गर्ने तीन जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुलीको फिकल गाँउपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-३१ आलोकनगर बस्ने वर्ष १८ का अनिष मगर, दैलेख महावु गाँउपालिका-४ घर भई हाल आलोकनगर बस्ने वर्ष २६ का कुमार पण्डित र दार्चुलाको बाँज घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका-९ गोठाटार बस्ने वर्ष १९ का प्रेम सिंह महरा रहेका छन् ।

उनीहरुले मनत केसीमाथि खुकुरी प्रहार गर्द केसीको दाहिने हातको औलामा पुर्ण रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

केसीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको भन्ने सुचना प्राप्त हुना साथ जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले तीनै जनालाई काठमाडौंका विभिन्न स्थानबाट खुकुरीसहित नियन्त्रणमा लिएको थियो।

पक्राउ परेकाहरुमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077