Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस सभापति देउवासहितका शीर्ष नेताहरुले गरे प्रधानमन्त्री ओलीसँग भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

उनीहरुले नेपालको हवाइ सुरक्षालाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्।

देउवासहितका कांग्रेसका शीर्ष नेताले हवाइ क्षेत्रमा दुर्घटना बढेको भन्दै नेपाल वायुसेवालाई प्रभावकारी बनाएर जाने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

कांग्रेस सभापति देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, जीवन परियार, उदयशमशेर राणा, ईश्वरी न्यौपाने, रामकृष्ण यादव, राजन केसीसहितका नेता आइतबार राति बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077