Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा

काठमाडौं । प्रदर्शन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजिनामा दिएकी छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी हिन्दीकाअनुसार देशमा हिंसात्मक प्रदर्शनपछि हसिनाले आज राजीनामा दिएकी हुन् ।

हसिनाले ढाकास्थित प्रधानमन्त्री निवास ‘गणभवन’ समेत छाडेकी छन्।

आरक्षणविरूद्धको आन्दोलन हिंसात्मक बन्दै गएपछि सोमबार प्रधानमन्त्री हसिनाले सरकारी निवास छाडेको अन्तर्राष्ट्रिय संञ्चार माध्ययमहरुले जनाएका छन् ।

बंगलादेशका सेना प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन्।

त्यस्तै हजारौंको संख्यामा प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा छिरेका छन् ।

आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंस्रक बन्दा ज्यान गुमाउनेको संख्या कम्तिमा ३ सय पुगिसकेको छ ।

अदालतले आरक्षण र कोटा प्रणालीलाई खारेज गरेपनि प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन जारी थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077