Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतको त्रिपुरा पुगिन् बंगलादेशकी प्रधानमन्त्री शेख हसिना

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेकी छिन्।

आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी हसिना ढाकाबाट हेलिकप्टरमा उडेकी थिइन्।

केहीबेरअघि हसिना भारतको त्रिपुरा राज्य पुगेकी हुन् ।

आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले मुलुक छोडेकी थिइन्।

यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077