Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारत पुगिन् शेख हसिना, बेलायत जान सक्ने सम्भावना

एजेन्सी । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारत पुगेकी छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार हसिना चढेको जहाज भारतीय वायु सेनाको हिन्डनस्थित अड्डामा अवतरण भएको हो ।

सोमबार बिहान सुरक्षा खतरा बढ्दै गएपछि हसिनाले राजीनामा दिएर बंगलादेश छाडेकी थिइन्।

उनी सेनाको सी-१३० एयरक्राफ्ट, एजेएएक्स १४३१ कलसाइन भएको जहाज चढेर भारत आइपुगेकी हुन् । सोमबार साँझ ५स्३६ बजे उनी चढेको जहाज अवतरण भएको बताइएको छ ।

हसिना भारतबाट बेलायत जाने सम्भावना छ। यद्यपि कहिले जाने भन्ने यकिन भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077