Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

१५ वर्षदेखि बेपत्ता भएकी आमासँग छोराको पुनर्मिलन

काठमाडौं । श्रीमानको मृत्युपछि हराएकी महोत्तरीको मण्ड शिसुवा नगरपालिकाकाकी दौलत देवी शाह १५ वर्षपछि फेला परेकी छन् ।

वि.सं. २०६५ सालमा श्रीमान लाल बाबु शाहको मृत्युपछि उनी बेपत्ता भएकी थिइन् ।

प्रहरीका अनुसार उनी यही साउन १७ गते तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ३, सुखौरा क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएकी हुन् ।

दौलत देवीलाई साउन २१ गते उनका छोरा रोशन शाहको जिम्मा लगाइएको छ ।

१५ वर्षपछि उनी फेला परेपछि परिवारमा खुसीको लहर छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077