Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लोकतन्त्र मास्न खोज्दा बंगलादेशमा शेख हसिनाको सत्ताच्यूत

काठमाडौं । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले विद्यार्थीहरूले गरेको आरक्षणविरोधी आन्दोलनका कारण राजीनामा दिएर देशबाटै भागेकी छन् ।

गत महिनाबाट सुरु भएको आरक्षणविरोधी आन्दोलनले हसिनालाई राजीनामा दिन बाध्य बनायो । राजीनामा दिनुअघि हसिनाले भिडियो सन्देश दिन खोजे पनि त्यो सम्भव नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

संयोग के छ भने विद्यार्थी राजनीतिबाट सत्ताको शासनमा पुगेकी हसिनालाई विद्यार्थी आन्दोलनले सत्ताच्यूत गरिदिएको छ । कुनै बेला आमा, बाबु र तीन भाइको हत्यापछि भारतमा निर्वासित भएकी शेख हसिना १७ मे १९८१ मा राजधानी फर्किंदा हजारौं मानिसले विमानस्थलमा स्वागतमा हर्षका आँसु झारेका थिए । अहिले विद्यार्थी आन्दोलनको बलमा देशबाट लखेटिँदा खुसीले हर्षोल्लास मनाएका छन् ।

विद्यार्थी आन्दोलनबाट स्थापित हसिनाले राजनीतिका चार दशक लोकतन्त्रका लागि लडेकी भनिए पनि पछिल्लो समय लोकतन्त्र मास्न उद्दत भएको आलोचना खेपेकी थिइन् ।

उनी जुन धरातलबाट सत्ताको सिंहासनमा पुगेकी थिइन्, तिनै विद्यार्थीले आफ्नो अधिकारका लागि आन्दोलन गर्दा दबाउन खोज्दा आफ्नो देश नै छाडेर भाग्नुपर्ने स्थिति बन्यो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077