Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिमलताल दुर्घटनाको प्रतिवेदन आज गृहमन्त्रीलाई बुझाउने तयारी

काठमाडौं । चितवनको सिमलतालमा पहिरोले दुई बस बगाएको बारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउने भएको छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार दिउँसो साढे १ बजे गृहमन्त्री लेखकलाई प्रतिवेदन बुझाइने भएको हो ।

गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो।

दुई बसमा ६५ यात्रु सवार थिए। ती मध्ये ३७ जना अझै बेपत्ता छन्। भारतीय गोताखोरले पनि खोज्दा पनि बेपत्ता दुई बस र ती यात्रुको अवस्था अझै अज्ञात छ।

गृहमन्त्री रमेश लेखकले सोही दिन सो दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077