Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभा महिला भलिबल : सेमिफाइनलमा आज इरानसँग भिड्दै नेपाल

काठमाडौं । काभा महिला भलिबल नेसन्स कपको दोस्रो सेमिफाइनलमा आज नेपाल र इरान भिड्दै छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार हुने दोस्रो सेमिफाइनल साँझ सवा ५ बजे सुरु हुनेछ।

नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो ।

आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । तर आज नेपाललाई हारको बदला लिने अवसर छ ।

उता इरान भने नेपालविरुद्ध लिग चरणकै नतिजा दोहोराउने प्रयासमा हुनेछ। आजै हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंका भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077