Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस सांसद शर्मा भन्छन् - सरकारले अब श्वास फेर्ने हावामा मात्रै कर लगाउन बाँकी छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सरकारले श्वास फेर्ने हावामा कर लगाउने कानुन ल्याउन मात्रै बाँकी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन्।

सरकारले हरेक क्षेत्रमा दोहोरो-तेहोरो कर लगाउँदा व्यवसायिक वातावरण बिग्रिरहेको सांसद शर्माले बताए ।

सांसद शर्माले भने, 'सरकारले अब श्वास फेर्ने हावामा मात्रै कर लगाउन बाँकी छ, अब सरकारले हावामा कर लगाउने कानुन ल्याउन मात्रै बाँकी छ। हरेक क्षेत्रमा कर लगाउँदै जाउँ अनि व्यापारी भाग्दै जान्छन् । युवा पनि विदेश जाने र गर्ने ठाउँ पनि नहुने भएको छ ।'

सांसद शर्माले खानेपानि र हावा निःशुल्क पाउनुपर्ने विषय संविधानले नै सुनिश्चित गरेका विषय कानुन निर्माताले ध्यानमा राख्नुपर्ने बताए।

उनले उद्योगीले पनि नाफाको ३० प्रतिशतसम्म सरकारलाई कर बुझाउने कानुन रहेको कुरा स्मरण गराए । जमिनमुनीबाट निकाल्ने पानीमा कर लगाएमा त्यसको मार जनतामा पर्ने पनि सांसद शर्माको भनाइ छ ।

उनले अहिले पानीमा र भविष्यमा अक्सिजन लिएको भन्दै हावामा पनि कर लगाउने कानुन ल्याउने हो कि भन्ने आशंका रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077