Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभा वुमन्स भलिबल : श्रीलंकालाई हराउँदै भारत फाइनलमा

काठमाडौं । काभा वुमन्स भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै भारतले फाईनलमा स्थान बनाएको छ ।

मंगलबार त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा भएको खेलमा भारतले श्रीलंकालाई २५/१५, २५/१६, २५/२३ ले हराएको हो ।

भारतले फाइनलमा बुधबार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

दोस्रो सेमिफाइनल खेलमा आज ५ : १५ मा नेपाल र इरानबिच प्रतिस्पर्धा हुँदैछ । लिगमा इरानले नेपाललाई ३-२ को सेटमा हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077