Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यात्रु बचाएर मृत्युवरण गरेका बस चालक मेगराजलाई राष्ट्रिय सम्मान प्रदान गर्न कार्यदलको सुझाव

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा ३० जना यात्रुको ज्यान जोगाएका चालक मेगराज विकलाई मरणोप्रान्त सम्मान गर्न सिमलताल दुर्घटना अध्ययन गर्न गठित कार्यदलले सुझाव दिएको छ।

सिमलताल दुर्घटनाबारे अध्ययन गर्न गठित सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले लु.२ ख ६५६६ नम्बरको बसका चालक मेगनाथ विकलाई ‘मरणोपरान्त सम्मान’ गर्न सिफारिस गरेको हो ।

नारायणगढ–मुग्लिङ सडक खण्डको १७ किलोमा माथिबाट पहिरो खस्दा ढुङ्गो लागेर चालक विकले ज्यान गुमाएका थिए ।

आफू गम्भीर घाइते हुँदाहुँदै पनि चालकले बस नियन्त्रण गरेकोले थप क्षति हुन नपाएको र ३० जना यात्रुको ज्यान जोगिएको थियो।

नवलपरासी सुनवल नगरपालिका–४ घर भएका विकले कुशलतापूर्वक सो बस नदीमा खस्नबाट जोगाई ३० जना यात्रुको जीवन बचाउन सफल भएको कार्यदलको निष्कर्ष छ ।

त्यस्तै सिमलताल दुर्घटनामा बेपत्ता भएका तथा मृत पहिचान भएका परिवारलाई विपद्पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड, २०७७ को व्यवस्था बमोजिम मृतक परिवारलाई राहत उपलब्ध गराउन पनि सुझाव दिएको छ।

बेपत्ता यात्रुको हकमा समेत मृतक सरह निजका परिवारलाई राहत उपलब्ध गराउन सुझाव दिएको छ। दुर्घटनाका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएको छ।

गत असार २८ गते काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं जाँदै गरेका दुईवटा बस सिमलतालमा बगेका थिए। भेलबाढीमा परेर त्रिशूलीमा खसेका बस हालसम्म बेपत्ता छन्।

बसमा सवार ६५ यात्रुमध्ये ३ जनाले ज्यान जोगाएका थिए। हराइरहेका ६२ यात्रुमध्ये २४ जनाको शव फेला परेको छ। त्यसमध्ये १९ जनाको सनाखत भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077