Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभा महिला भलिबल : उपाधिका लागि आज भारतसँग भिड्दै नेपाल

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन् ।

दुई देशबीचको उपाधि भिडन्त साँझ सवा ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।

नेपालले इरानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

नेपालले मंगलबार सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा स्थान सुनिश्चित गरेको थियो ।

दक्षिण एसियाली स्तरको धेरै खेलकुदमा नेपालको मुख्य प्रतिस्पर्धी भारत रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077