Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक करिब डेढ घन्टा ढिला गरी सानेपामा सुरू भएको हो।

बैठकमा गत फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा चलेको महासमिति बैठकले पारित गरेका विभिन्न प्रस्तावलाई सुझावसहित अनुमोदन गर्नेजस्ता एजेन्डामा छलफल हुनेछ।

समसामयिक राजनीति, पार्टीको संगठन सुदृढीकरणका लागि अभियान, संघीयदेखि प्रदेशका सरकारहरूका कामकारबाही प्रभावकारी बनाउनेजस्ता विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077