Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँच जनाको शव काठमाडौं ल्याइँदै

काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव काठमाडौं ल्याउने तयारी भएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन लागिएको हो ।

पाँचै जनाको शव काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर हेलिकप्टरका पाइलट अरुण मल्ल तथा चिनियाँ नागरिकहरू जुताद ताङ, जी ली, यियाद ऊ र जेमिङ सीको मृत्यु भएको थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बुधवार दिउँसो १ बजेर ५४ मिनेटमा उडेको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो।

बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077