Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेक अकाउण्ट बनाएर चरित्र हत्या गर्ने महिला पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा फेक अकाउण्ट बनाएर महिलाको चरित्र हत्या गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१० कपन बस्ने २३ वर्षीया सुस्मिता थारु रहेकी छन् ।

सामाजिक सञ्जालबाट पीडित युवतीको फोटो डाउनलोड गरी कल गर्ल नामको फेक अकाउण्ट बनाई मानसिक तनाव दिएको र चरित्र हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले थारुलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौं जिल्ला अदातलबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077