Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग बनाएको छ ।

मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो ।

आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिन हुनेछ ।

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा बुधवार दिउँसो दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077