Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एयर डाइनेस्टी दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइयो

काठमाडौं । नुवाकोटमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पाइलटसहित चार चिनियाँ नागरिकहरूको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको हो ।

त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त हुँदा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

उक्त हेलिकप्टर काठमाडौंबाट १:५४ बजे रसुवाको स्याप्रुबेसीका लागि उडेको थियो।

काठमाडौंबाट उडेको तीन मिनेटमै एयरटावरसँग सम्पर्कबिच्छेद भएको थियो। त्यसको केही समयपछि हेलिकप्‍टर दुर्घटनामा परेको हो।

यसैबीच सरकारले एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077