Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल भारतसँग पराजित, फेरि पनि उपविजेतामै सीमित

काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा हरायो । नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो । यस्तै दोस्रो सेट भारतले २५–१४ ले जित्यो । यसैगरी तेस्रो सेट नेपालले २५–२२ ले जित्दा चौथो सेट भारतले २५–२१ ले जित्यो । त्यसपछि अन्तिम सेट १५–५ ले जित्दै भारतले उपाधि जितेको हो । नेपाल इरानलाई हराउँदै र भारत श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका थिए । प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, इरान र माल्दिभ्स गरी पाँच वटा देश सहभागी थिए । यसअघि सन्‌ २०१९ मा‌ नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को फाइनलमा पनि नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077