Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भलिबल टोलीलाई सान्त्वना दिँदै प्रधानमन्त्रीले भने - एक पटकको हार सधैँको हार होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला भलिबल राष्ट्रिय टोलीले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि भारतलाई जित्न नसकेको टिप्पणी गरेका हुन् ।

उनले बुधवार साँझ सामाजिक सञ्जालमार्फत एकपटकको हार सधैँको हार नभएको भन्दै नेपाली टोलीलाई सान्त्वना दिएका हुन् । यस्तै प्रधानमन्त्री ओलीले नेपाली खेलाडी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लागेको प्रतिक्रिया दिएका छन् ।

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, हेलिकोप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण उनी सहभागी हुन पाएनन् ।

'तेस्रो चरणदेखि मात्र खेलको लाइभ हेरेँ। नेपाली टोलीको उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि हामीले जित्न सकेनौँ । तीन नम्बर जर्सी लगाएकी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लाग्यो । एक पटकको हार सधैँको हार होइन, हामी जित्ने छौँ । धन्यवाद नेपाली टिम,' ओलीले फेसबुकबाट भनेका छन् ।

काभा नेसन्स महिला भलिबलको फाइनलमा नेपाल भारतसँग ३–२ ले पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077