Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

६११ केजी गाँजासहित दुई भारतीय पक्राउ

महोत्तरी । महोत्तरी प्रहरीले ६११ केजी गाँजासहित दुई जना भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मातिहारी ग्राम पञ्चायतका २५ वर्षीय गुड्डु कुमार यादव र २९ वर्षीय मनिषकुमार गिरी रहेका छन् ।

उनीहरुलाई एक ट्रकबाट अर्को ट्रकमा गाँजा पल्टिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

बा.प्र.०३, ००१ ख २८३२ नम्बरको मिनी ट्रकबाट सो परिमाणको गाँजा वीआर३०जी ७०४३ नम्बरको भारतीय ट्रकमा पल्टि गरिरहेको अवस्थामा ४० पोकामा बेरिएको अवस्थामा सो परिमाणको गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेको दुवै भारतीय नागरिकलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला अदालत महोत्तरीबाट ८ दिनको म्याद थप गरि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077