Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि, ११ एजेन्डामाथि छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू हुनेछ । हिजोदेखि शुरू भएको बैठकमा पेस भएका ११ एजेन्डामा आजदेखि छलफल हुने भएको हो ।

बुधबार दिउँसो बसेको बैठकमा महासमितिले पारित गरेका विभिन्न प्रस्ताव सुझावसहित अनुमोदन गर्नेदेखि भदौ महिनामा संगठन सुदृढीकरण अभियान चलाउनेजस्ता प्रस्ताव रहेको छ।

प्रवक्ता प्रकाशशरण महतले प्रस्तावहरू राखेर बुधबारका लागि बैठक सकिएको जानकारी दिएका थिए।

उनकाअनुसार भदौ १५ देखि मंसिर २५ गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने प्रस्ताव पनि केन्द्रीय समितिमा पेस भएको छ। यो अभियान १०० दिनसम्म चल्ने प्रस्ताव छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077