Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

फ्लाइट रुटअनुसार नचल्दा डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भयो : महानिर्देशक अधिकारी

फ्लाइट रुटअनुसार नचल्दा डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भयो : महानिर्देशक अधिकारी

बिहिवार , श्रावण २४, २०८१

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चालक दलको कमजोरीका कारण एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको बताएका छन्।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन्।

सिभिल एभिएसनको भिजिओल फ्लाइट रूट (भिएफआर)ले अनुमति नदिएको बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको उनको दाबी छ।

भिएफआरको अनुमति विपरीत हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको महानिर्देशक अधिकारीले बताए।

विस्तृत विवरण मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले दिनेमा आफू विश्वस्त रहेको बताउँदै महानिर्देशक अधिकारीले सर्सर्ति हेर्दा खराब मौसम रहेको ठाउँमा हेलिकप्टर प्रवेश गर्नु नै दुर्घटनाको कारण प्रारम्मिक रूपमा देखिएको बताए।

काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको एयर डाइनेस्टी ९एन-एजेडी कलसाइनको हेलिकप्टर नुवाकोट, शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077