Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सेयर बजार ६ अंकले बढ्दा २० अर्ब ७ करोडको कारोबार

सेयर बजार ६ अंकले बढ्दा २० अर्ब ७ करोडको कारोबार

बिहिवार , श्रावण २४, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन बुधबार १०८ अंकले बढेको नेप्से यसदिन ६.७० अंकले बढेर २७६६.३८ विन्दुमा पुगेर बन्द भएको हो।

यसदिन ३२२ स्क्रिप्सको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर २० अर्ब ७ करोड ४ लाख ३४ हजार १०३ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार रकम भने बुधबारको तुलनामा बढी भएको छ। बुधबार १७ अर्ब ९५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

सामान्य अंकले बढेको बजारमा आधा दर्जन कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कर्णाली डेभलमेन्ट बैंक,शिवम् सिमेन्ट,घोराही सिमेन्ट,मीड सोलु हाइड्रोपावर,सोनापुर र सर्वोत्तम सिमेन्टको सेयर १० प्रतिशतले बढेको हो।

यसदिन एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ८.४ प्रतिशतले घट्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077