Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पाकिस्तानी राजदूत हाश्मीले गरे उपराष्ट्रपति यादवसँग शिष्टाचार भेट

पाकिस्तानी राजदूत हाश्मीले गरे उपराष्ट्रपति यादवसँग शिष्टाचार भेट

बिहिवार , श्रावण २४, २०८१

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेट गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा राजदूत हाश्मीले उपराष्ट्रपति यादवसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुई मुलुकबीचको सम्बन्ध, व्यापार तथा आर्थिक एवं क्षेत्रीय विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सुमधुर सम्बन्ध रहेको बताए ।

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रहरूमा सहयोग विस्तार गर्नुपर्ने धारणा राखेका थिए।

भेटमा पाकिस्तानका राजदूत अबरार एच हाश्मीले नेपाल र पाकिस्तान एक अर्काको सार्वभौमिकताको सम्मान गर्दै आएको आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077